निजी कृषी कलेज स्थापनाको १५ वर्ष : अनुभव र अपेक्षा : डा. बिदुर प्रसाद चौलागाई, देशान्तर साप्ताहीक वर्ष ३४, अँक ७, २०७३, जेठ २६ गते

College Admin

29 May 2016

हिमालयन कलेज अफ एगृकल्चरल साइन्सेज एण्ड टेक्नोलोजी (हिकाष्ट)ले १२ जेठ २०७३ मा पन्ध्र बषन्तहरु पुरा गरि १६औँ वर्षको किशोरवयमा प्रवेश गरेको छ। यो सँस्थालाइ जीवन दिई यति लामो यात्रा तय गराएर यहाँसम्म ल्याइ पुर्याउनुमा मुख्यत: यस सँस्था माथि विश्वास र भर गरि आफ्ना सन्तानलाइ आफुले कमाइ गरी अथवा दुख जिलो गरि सञ्चीत गरि राखेको धन सम्पती खर्च गरेर पढाउन पठाउने अभिभावकहरु मुख्य रुपले धन्यबादका पात्र छन। तर यो सँस्थाको सुरुवाती कल्पना, स्थापना र बिकाशमा यस लेखका पक्तीकार लगाएत अरु कृषी, पशु- विज्ञान तथा चिकित्शक र अन्य विज्ञान-प्रविधी क्षेत्रका मुर्धन्य कृषी शिक्षक, वैज्ञानिक र पेशागत प्राबिधिकहरुको शुभेक्षा र सहयोगको  उतिकै महत्वपुर्ण हात रहेको छ।

हिकाष्टको परिकल्पना भनेको देशमा आधुनिक कृषी विज्ञान र जैवीक प्रबिधि, परम्परागत दिगो खेती र रैथाने ज्ञान र श्रोतहरुको कुशल सँयोजनबाट दिक्षीत कृषी वैज्ञानिक, शिक्षक, भविष्यका इमान्दार नेता, कुशल प्रशासक र उच्चस्तरिय प्राबिधीकहरु जन्माउनु हो। यस कृषी कलेजको परिकल्पनाको उद्भव मष्तिश्क यस कलेजका सँस्थापक अध्यक्ष  डा.विनायक राजभण्डारीको हो भने वहाँले यस पँक्तीकारबाट ठोस कार्य गरि अघि बढ्नका लागि सहकार्यको अठोट प्राप्त गर्नु का साथै कृषी शिक्षण तथा अनुसन्धानसँग सम्बन्धित अन्य सहकर्मीहरु डा. मनराज कोलाक्षपती र डा. मोहन खरेलको साथ सहयोग पछि अवधारणाले मुर्त रुप लिएको थियो। । त्यस पश्चातका बैठकहरु र कागजी कामकाजका लागि ठाँउ र श्रोत साधनहरु समेत उपलब्ध गराएर महिला पुनर्स्थापना केन्द्र, गौरीघाट, काठमाण्डौले गुन लगाएको थियो।  प्रारम्भिक छलफलको निचोड र थप गृहकार्यहरुबाट १५ जना सँस्थापक सदस्यहरुको सहभागीतामा कलेज स्थापनाको ठोस रुप दिन र नेपाल सरकारको कानुनी मान्यता प्राप्तीका लागि २०५७ जेठ १२ गते कम्पनि रजिष्ट्रारको कार्लयमा यो कलेज दर्ता भए पश्चात पुर्वान्चल विश्वविद्यालयको शैक्षीक, प्राज्ञीक र प्रसासनिक सर्त हरु पुरा गरेर उक्त विविको सम्बन्धन प्रापत गरेको हो ।

 

हिकाष्ट स्थापनाको उद्धेश्य गुण्स्तरीय  शिक्षा मार्फत कृषी क्रान्ती हो भने यसको लक्ष्य  दिगो र समुन्नत कृषी मार्फत देशको सम्वृद्धि रहेको छ। यस उद्धेश्य पथमा बिगत १५ वर्ष देखि निरन्तर लागेको यस सँस्थाले आफ्नो  लक्ष्य अनुरुप कृषी शिक्षा र शिक्षणमा नविनता र मौलिकताको  प्रयोग पश्चात करिव ५०० स्नातक तथा स्नातकोत्तर स्तरका  कृषी वैज्ञानिक तथा उच्च-प्राविधिकहरु उत्पादित र दिक्षीत भइ देशका सरकारी, गैरसरकारी, सामुदायिक र निजी क्षेत्रमा कार्यरत भएर हिकाष्टको लक्ष्यलाइ  आफ्नो कार्यक्षेत्र मार्फत पुरा गरिरहेकाछन्। यसका साथै उल्लेखनीय सँख्यामा यस कलेजका पुर्व विद्यार्थीहरु बिदेशी विश्वविद्यालयहरुमा अध्ययनरत रहेका र केहिले विदेशमा नै आफ्नो विज्ञता सम्बन्धी क्षेत्रमा काम गरि रहेकाछन।

सुरुका अप्ठ्यारा दिनहरु- निजी क्षेत्रको सकृयतामा खोलीएको कृषी कलेजको समाचारले सम्वन्धित क्षेत्रका विज्ञहरुका साथै अन्य सर्वसाधरणहरु माझ जिज्ञासा र रोमाञ्चकता एकातिर भरेको थियो भने ‘काठमाण्डौ उपत्यकामा पनि कृषी कलेज ?’ यस्तो कलेज त हजारौँ बिघा जग्गा र हजारौँ पशुपँक्षीहरु भएको व्यापक क्षेत्रफल ओगेटेको तराइको कुनै बिशाल मैदानी भेगमा पो हुनु पर्छ, यो कलेज त शिक्षाका नाममा ठगी खान खोलीएको व्यापारिक सँस्था हो भनेर हल्ला समेत चलाइयो। कृषी कलेजको स्थापना र सँचालनका लागि दुर देहात नै चाहिन्छ भनेर हल्ला गर्ने व्यक्तीहरुमा विदेशमा सुबिधा सम्पन्न ठुला शहर भित्रकै विश्वविद्यालयहरुबाट डिग्री बोकेर आएका कृषीविद् वा अन्य  क्षेत्रका स्नातकहरु समेत हुन्थे । यस्ता भनाइबाट उनीहरुको नियत त कलेजले बुझ्थ्यो तर सर्वसाधरणले देशमा चितवनको देहाती क्षेत्र रामपुरमा  बाहेक अन्य कृषी कलेजहरु नेदेखेको हुनाले उक्त हल्ला सत्य पो हो कि भनेर शँका गर्ने अबस्था सिर्जना हुन गय’को थियो। यस्ता हल्लाहरुले राजधानीमै बसी अत्यन्तै नयाँ र मौलिक पाठ्यक्रम सहितको  कृषी विषय पढ्छु भनेर रोज्ने विद्यार्थीका अभिभावकहरुलाइ हिकाष्टमा आफ्ना सन्तानलाइ पठाउने कि नपठाउने भन्ने द्वीविधामा पार्यो । यस खाले खराब नियतको होहल्लाका नतिजा स्वरुप स्थापनाको पहिलो वर्षको जनस्तरको व्यापक अपेक्षाका बिपरित  दोश्रो र तेश्रो वर्षमा विद्यार्थी भर्नामा व्यापक गिरावट आयो र कलेज थला पर्ने स्थितीमा पुग्यो । यस्ता हल्लाहरुले सत्यका अघि स्थान नपाएपछि क्रमश: स्थितीमा सुधार आयो र कलेजले गति लिन पायो।

यदी खेतबारीको क्षेत्रफल र गाईबाख्रा आदिको गोठले मात्रै कृषी पेशामा सुधार र उन्नती हुन्थ्यो होला भने पुस्तौँ देखि खेत खलियानीमा जीवन बिताएका नेपालका गाँउ देहातका किसान नै कृषी प्राविधिक र वैज्ञानिक भएर  निस्कीई देशको कृषीमा आधुनिकिकरण र औद्योगिकिकरण शताब्दी पहिले नै भइसकेको हुने थियो, तर कुरा त्यसो होइन। यसो भन्नुको मतलब फेरी किसानहरुसँग भएको कृषी ज्ञान र प्रविधीका हजारौँ वर्ष देखिको अनुभवलाइ कम मुल्याँकन गर्न भने कदापी गरिएको होइन ।

हिकाष्ट शिक्षण बिधी- तर यस्ता खाले गैर्ह वौद्धीक कसरत र हल्लामा कुनै तुक नभएको कुरा हिकाष्टको १५ वर्षले व्यबहारिक रुपमै पुष्टी गरिदिएको छ। हिकाष्टमा विद्यार्थीहरुले पहिले विश्वविद्यालयको कक्षा कोठामा हाल सम्म भएका वैज्ञानिक खोज र शैद्धान्तीक ज्ञानहरुको  निचोड आफु भन्दा अग्रज विज्ञहरुबाट लिएर उनिहरुको साथ-सँगमा लागेर  आधुनिक प्रयोगशालाहरुमा परिक्षण तथा अनुसन्धान प्रकृयाहरु सिक्नु पर्दछ। त्यस पछिको वा सँगैको चरणहरु चाँही फेरि खेतबारी, गाँउगोठमा गएर किसानहरुसँग बसेर व्यवहारीक र अन्य प्रयोगात्मक ज्ञान प्राप्त गर्ने र यस्ता व्यबहारिक ज्ञानहरु सिकेर फर्कीए पछी विश्वब्यापी मान्यता बोकेको  विश्वविद्यालयको परिक्षा प्रणालीमा समेत खरो भएर निस्कीए पछी मात्रै  कृषी वैज्ञानिक र प्राबीधिक भएर एउटा व्यक्ती निस्कन्छ भन्ने अबधारणा र मान्यता हिकाष्ट र यसको प्राज्ञीक सम्बन्धन भएको पुर्वाञ्चल विश्वविद्ञालयको रहेको छ।

उपलब्धी- विश्वविद्यालयस्तरको शिक्षामा विद्यार्थिले पाएको ज्ञान उसको लब्धाँक पत्र,   विद्यार्थिको टाउको गनेर र पाएको जागीर हेरेर मात्रै गर्नु एकाँकी हुनेछ। तथापी यस कलेजबाट हालसम्म कृषी विज्ञान तथा प्रविधी स्नातक २७४,  पशुचिकित्शा कार्यक्रम भेटेरिनरीमा १५८ जना स्नातक र दुग्ध तथा मासुजन्य प्रबिधी र कृषी विज्ञान व्यबस्थापनमा ६९ जना स्नातकोतरहरु  उत्पादित भइ आ-आफ्नो प्राज्ञीक तथा पेशागत र  व्यबशायिक कार्यक्षेत्रमा सिप र ज्ञानले भरिपुर्ण भएको दृढ आत्मविश्वास र सम्मानका साथ काम गरि रहेकाछन। ( agriculture (274), veterinary (158), and in M Sc in  Dairy/Meat Technology, Agri-Buisnnemss Management  (69)

पुर्वाञ्चल विश्वविध्यालयको सम्बन्धन र स्विकृतीमा यस कलेजले आगामी शैक्षीक वर्ष देखि देश र समयको माग बमोजिमका दिगो कृषी र जलवायु परिवर्तन, व्यबशायीक बागबानी र पशु प्रजनन तथा पशु- जैवीक प्रविधी गरि नयाँ तीन शैक्षीक कार्यक्रमहरु चलाउने पुर्ण तयारीमा छ। यसका साथै कलेजको सम्पतीको रुपमा कामनपा, कलँकीमा २ रोपनी जग्गामा एक पाँच तले सुबिधा युक्त भवन, ललीतपुर, बाँडेगाँउमा करिब नौ रोपनी जग्गामा एकिकृत कृषी तथा पशुपँक्षी फार्म र किर्तीपुरमा करिब १० रोपनी जग्गामा आधुनिक सुबीधा सम्पन्न कलेज तथा प्रयोगशाला र फार्मको निर्माणका लागि योजना र नक्शा तयार गरी निर्माण प्रारम्भको प्रकृयामा छ र कलेजलाइ उपत्याकाका तिन शहरहरुमा फैलाउन सक्षम भएको छ।

निजी–निजी तथा निजी-सार्वजनिक सहकार्य: देश र समाजमा उपलब्ध श्रोतको समानुपातिक र न्यापुर्णरुपले सबैले समान अवशर पाउने गरि उपयोग गर्न नदिइनु, नपाउनु र विना मुल्य, एकलौटी र बिना उपादेयता अत्याधिक उपयोग गर्नु पनि श्रोत माथिको अन्याय र नैतिक भ्रष्टाचार हो । प्रत्येक बस्तु-श्रोतको निश्चित आयु हुन्छ र कतिपय अबस्थामा उपयोगमा नआएको खण्डमा मासिएर, नाशिएर र खिया लागेर जाने हुन्छन। देश-समाजमा उपलब्ध साधन श्रोतको समुचित उपयोग गरि पुँजी र मानव श्रोतको दोहोरो लगानीबाट हुने दुरुपयोगबाट जोगीएर उपलब्ध श्रोतहरुको  राष्ट्रहितमा अधिकतम उपयोग हुनु पर्छ भन्ने हिकाष्टको मान्यता र आग्रह छ। यस परिप्रेक्षमा माथि भनिए अनुरुप देशका कृषी-पशु बिकाश क्षेत्रसँग सम्बन्धीत सरकारी-सार्वजनिक निकायहरु, त्यसका अधिकारीहरु र साथै साना ठुला स्तरका निजी कृषी उद्यमीहरु र सामान्य एकल घर किसानहरुको समेत सदाशयता र  साथ सहयोग पाएर हिकाष्टले कृषी बिज्ञान र व्यबहारमा आधारित शिक्षा आफ्ना विद्यार्थीहरुलाइ दिन सकेको छ।

यस कलेजमा नेपाल सरकारका सम्बन्धित निकायहरुसँग भएको सम्झौता अनुरुप उक्त निकायहरुबाट कृषी-पशु चिकित्शा विशेषज्ञहरु आएर विद्यारथीहरुलाइ शैद्धान्तीक- प्रयोगात्मक शिक्षण, तालिम र अनुनसन्धानात्मक निर्देशनहरु समेत गराउने दिलाउने व्यबस्था मिलाइएको हुनाले यो कलेज यस मानेमा नेपालकै नमुना शिक्षण सँस्था बन्न पुगेको छ। यस्तो खालको व्याबहारीक शिक्षा प्रणालीले सम्बन्धीत बिज्ञहरुलाइ पनि सँधै नै आफ्नो क्षेत्रमा निरन्तर अभुमुखी भइ ताजा नबनाइ राख्दैन भने विज्ञ र विद्यार्थी दुबै पक्ष एक अर्कासँग शैद्न्तीक तथा व्यबहारीक-प्राबिधिक पक्षबाट लाभान्वीत मात्रै नभएर दुवै पक्ष नै अति गौर्वान्वीत भएको यस सँस्थाको सुखद अनुभव छ।  भविष्यमा यस्तो मौलीक नमुना पक्षलाइ  अन्य शैक्षीक सँस्था तथा विषयहरुमा समेत विस्तार गर्नु सम्बन्धित सरकारी र निजी क्षेत्र दुबै को दायित्व हुन आउछँ।

मुलभुत एकिकृत पाठ्यक्रम र कृषी शिक्षणमा सरकारी लगानीको न्यायपुर्ण बितरण: हाल नेपाल सरकारले कृषी शिक्षाका लागि त्रिवि र चितवनमा अबस्थीत अर्को कृषी-वन विश्वविद्ञालयलाइ पुर्ण आर्थिक भरथेग गरेको छ । जसको फलस्वरुप ती विश्वविद्यालयहरुको भौतिक पुर्वाधारहरुमा जनताले तिरेको कर अथवा जनताका नाममा आउने बिदेशी पुँजीको प्रयोग हुने गरेको छ। तर निजी क्षेत्रका कलेजहरुलाइ भने सरकारले एक पैसा पनि अनुदान वा छुट दिन त परै जावोस उल्टो कर लगाएर दोहोरो पक्षपाती चरित्रको व्यबहार प्रदर्शन गरेको छ। यस मामलामा हिकाष्टले मात्रै बार्षीक ६० लाख कर तिर्छ तर बदलामा कुनै छात्रवृती, भौतिक पुर्वाधार बिकास, अध्ययन अनुसन्धान आदिमा कुनै पनि सरकारी अनुदान पाउँदैन।

देशको यथार्थ: आफ्नो देशलाइ चाहिने कृषी वैज्ञानिक-प्राबिधिकहरु उत्पादन गर्नु, अध्ययन अनुसन्धानमा लगानी र उत्प्रेरणा दिनु राज्य र सरकारको दायित्व हो तर उसको यस्तो दायीत्व र कामलाइ हिकाष्ट लगाएतका अन्य निजि क्षेत्रका शैक्षीक सँस्थाहरुले पुरा गरि दिँदा पनि सरकारले उनिहरुसँग कर ऊठाउने मामलामा बाहेक अन्य हिसाबले पुर्णत: अनदेखा व्यवहार गरिराखेको छ। सरकारको लागी देशका सबै खाले शैक्षीक सँस्थाहरुमा पढ्ने सबै जनताका छोरा छोरीहरु समान हुनु पर्ने हो तर सरकारी सहयोग प्राप्त शैक्षीक सँस्थालाइ पुर्ण अनुदान दिएर निशुल्क देखि अति सस्तो शिक्षा दिलाएर काखा पारेको छ भने निजी शैक्षीक सँस्थाहरुलाइ एक पैसो पनि नगद र अन्य कुनै सहयोग नगरी बरु उल्टै कर उठाइ निजी शिक्षालाइ झन महँगो बनाइ दिएर ति कलेज र विद्यार्थिहरुलाइ मर्कामा पारिदिएको छ।

अपेक्षा: सरकारले अव विवेकशील भइ इमान्दारिता पुर्वक यस किसिमको असमान व्यबहार सच्याउन आवश्यक छ । र, यसो गर्न चाहेमा एउटा सामान्य प्रकृया मार्फत अनुगमन, मुल्याँकन र अनुदान सम्बन्धी एक स्वतन्त्र सँयन्त्र स्थापना गर्नु पर्ने  एथेष्ट आवश्यकता छ। नेपाल सरकारले हाल आफुले पाल्दै आएका कृषीसँग सम्बन्धित लगाएतका अन्य शैक्षीक सँस्थाहरुलाइ वार्षीक रुपमा पुर्वाधार, अनुसन्धान, शिक्षक-कर्मचारी र अन्य शिक्षण खर्च भनेर  कति रकम प्रत्यक्ष वा विश्वविद्ञालय अनुदान आयोग मार्फत   प्रदान गर्दछ ? र यसो गर्दा प्रति व्यक्ती स्नातक वा स्तानकोत्तर उत्पादनमा कति लगानी पर्न आऊँछ ? यो खर्च निजी कलेजहरुले लगाएको प्रति विद्यार्थी शिक्षण शुल्कहरु भन्दा सस्तो छ कि समग्रमा महँगो पर्न गएको छ ?

यस्ता कुराहरु सम्बन्धित विज्ञ, अर्थशाश्त्री, योजनाविद् र स्वतन्त्र पेशागत लेखा निरिक्षकहरु सम्मिलित आयोगबाट हिसाब निकालोस। त्यस पछि निजी क्षेत्रको कलेजको शुल्कहरुको पनि मुल्याँकन गरोस र देशको बर्तमान अबस्थामा कति शुल्क लिइ एक स्नातक निकाल्न सकिन्छ भने निर्क्यौल गरेर यस पछि सरकार अन्तर्गतको कृषी वा शिक्षा मन्त्रालय वा विश्वविद्याल अनुदान आयोगले छात्रवृति को लागि आवेदनको सुचना  निकालोस। यसपछि योग्यताक्रमका आधारमा सम्बन्धीत विद्यार्थीले चाहेमा देश भित्रको कुनै पनि रोजाइको शैक्षीक सँस्थाहरुमा गएर पढ्न उसलाइ छात्र वृद्धी प्रदान गरोस। यस्तो व्यबस्था सबै निजी र सार्वजनीक शिक्षण सँस्थाहरु, माध्यमिक तह देखि विश्वविध्यालय तहसम्मै लागु गरोस। सरकारले सम्बन्धीत विज्ञहरुको राय सुझावमा देशलाइ आवधिक रुपले आवश्यक शैक्षीक विषयहरुका आधारभुत पाठ्यक्रममा एकरुपता ल्याओस र सबै शैक्षीक सँस्थाहरुमा समान रुपले लागु गर्न तयार होस।

राज्यको ढुकुटीको  वितरण प्रणालीलाइ नयाँ रुप दिइ यस अनुसार काम गरे राज्यले न्युनतम लगानीमा प्रतिस्पर्धि शैक्षीक सँस्थाहरु बिकाश गरेर सबै  शैक्षीक सँस्थाहरुमा पढ्ने विद्यार्थिहरु माथि एकनासले राजकीय अभिभावक्त्व प्रदान गरेको अनुभुती हुनेछ र  न्यापुर्ण समाज निर्माण गरि हालै लागु भएको सँबिधानको मर्म र भावनाको पालना र कार्यन्वयन गर्न सक्दछ।  

(नोट:यसमा व्यक्त भावना लेखको आफ्ना भनाइ हुन र यसले कुनै सँस्थाको प्रतिनिधित्व गर्दैन)

Recent News